Rule 5
कार्यसम्पादनमा आधारित सम्झौता गर्नु पर्ने
(१) सदस्य-सचिवले नियुक्ति भएको मितिले तीस दिनभित्र युवा तथा खेलकुद मन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम गरिने: कार्यसम्पादन सम्झौतामा देहायका विषय समावेश गर्नु पर्नेछ:
(क) सम्झौता अवधिमा गरिने कामको विवरण र सोको: मापनयोग्य लक्ष्य,
(ख) कार्यान्वयन कार्ययोजना,
(ग) कार्यसम्पादन मूल्याङ्कन विधि, तरिका र प्रक्रिया,
(घ) सदस्य-सचिवको कार्यसम्पादनसँग सम्बन्धित अन्य आवश्यक कुरा।